सुनसरी-४ मा मतगणना सुरु

बकैया दर्पण संवाददाता
१३ मंसिर २०७९, मंगलवार १५:५४

मकवानपुर । तीन दिनदेखि रोकिएको सुनसरी ४ को मतगणना सुरु भएको छ ।

निर्वाचन आयोगले मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीलाई निर्देशन दिएपछि सर्वदलिय बैठक बसेर मतगणना सुचारु गरिएको हो ।

राजनितिक दलका प्रतिनिधि, प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई सहमति गराइ मतगणना थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

यश क्षेत्रमा एमालेका कुसियत र संचारमन्त्री समेत रहेका कांग्रेसका ज्ञानेन्द्र कार्की चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । अहिलेसम्म गरिएको मत गणनामा कांग्रेसका कार्कीले २३ हजार ४३९ मत र एमालेका कुसियतले २३ हजार ३४१ मत प्राप्त गर्नुभएको छ । कार्की ९८ मतले अगाडि हुनुहुन्छ ।

६० हजार मतगणना सम्पन्न भएको र २१ हजार मतगणना गर्न बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*