दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन

बकैया दर्पण संवाददाता
१२ मंसिर २०७९, सोमबार ११:०३

मकवानपुर । दोलखामा रद्द भएका १० केन्द्रमा यही बिहीबार पुनः मतदान हुने भएको छ। सोमबार बिहान बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले यही १५ गते मतदान गराउने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले मंसिर १५ भित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बैठकको निर्णयसँगै सोमबारदेखि नै निर्वाचनको तयारी थालेको जानकारी दिए ।

यही मंसिर ४ गते भएको मतदानका क्रममा ‘बुथ क्याप्चर’ भएको भन्दै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए । यससँगै आयोगको टोलीले गएर स्थलगत अध्ययन गरी पुनः मतदान गराउनुपर्ने निष्कर्ष निकालेको थियो ।

यसैका आधारमा आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*