समानुपातिकको मतगणनामा मकवानपुरमा एमाले पहिलो दल

बकैया दर्पण संवाददाता
१० मंसिर २०७९, शनिबार ११:२०

मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार गणना भएको १ लाख ७७ हजार ८ सय ५८ मतमा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले मकवानपुर १ बाट २२ हजार ६ सय ११ र २ बाट २८ हजार १ सय ९६ गरी कुल ५० हजार ८ सय ७ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेस ३६ हजार २ सय ६४ मत सहित दोस्रो दल बनेको छ भने रबि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) २९ हजार ८ सय ८९ मत सहित तेस्रो भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र २६ हजार १ सय ३३ मत सहित चौथो बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी १६ हजार ७ सय ७१ मत सहित पाँचौ स्थानमा रहेको छ ।

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले ३ हजार ८ सय २७ मत मात्रै प्राप्त गरेको छ । खसेको मतमध्ये १ लाख ७० हजार १ सय ६६ सदर हुँदा ७ हजार ६ सय ९९ मत बदर भएको जिल्लाको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

प्रत्यक्षतर्फ दुई प्रतिनिधिसभा रहेको जिल्लामा एमाले र राप्रपाले एकरएक स्थानमा जितेको छ । प्रदेशसभामा माओवादी केन्द्रले दुई स्थानमा बाजी मार्दा एमाले र कांग्रेस एक–एक स्थानमा जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*