कैलाली–३ नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

बकैया दर्पण संवाददाता
६ मंसिर २०७९, मंगलवार १३:२४

मकवानपुर । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टिका गंगाराम चौधरी विजयी भएका छन् । उनले २३ हजार १ सय २० मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फ माओवादीका कृष्ण चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गरे । यसैगरी एमालेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे भने राप्रपाका बिरेन्द्र बमले ७ हजार ४५ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*