झापा ५ : ओलीलाई १३ हजार मत आउँदा अधिकारीलाई ७ हजार

बकैया दर्पण संवाददाता
६ मंसिर २०७९, मंगलवार १२:३४

मकवानपुर । झापा क्षेत्र नम्बर ५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर आफ्नो अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो विवरणअनुसार २६ हजार ५१३ मत गणना भएको छ । जसमा ओलीले १३ हजार २७८ मत पाएका छन् ।

यहाँ नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ७ हजार ७०५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेस कुमार पोखरेलले २ हजार ३२८ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*