राजधानीको व्यस्त बजारमा निर्वाचन सामाग्री छाप्न भ्याई नभ्याई

बकैया दर्पण संवाददाता
१७ कार्तिक २०७९, बिहीबार १३:४६

मकवानपुर । चुनाव नजिकिँदै गर्दा राजधानीको व्यस्त बजारमा निर्वाचन सामाग्री छाप्न भ्याई नभ्याई छ । व्यवसायीहरु पार्टीको झण्डा, चुनाव चिन्ह अंकित ब्यानर, घोषणापत्रलगायतका चुनावी सामाग्री बनाउन व्यस्त भएका हुन्। उदय कुमार कार्कीले बाग बजारमा छपाई सामाग्रीको काम गर्न थालेको वर्षौं भयो । पञ्चायत कालदेखिनै छपाईको काम गर्दे आउनुभएका उहाँसंग चुनावको समयमा रातभर कपडाको व्यानरमा मसीले लेख्नेदेखि दिएर अहिले आएर स्क्रिन प्रिन्टसम्म को अनुभव छ ।

हरेक चुनावको मिति घोषणा भएसंगै उत्साहित हुने उहाँ मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनावका लागि रातदिन नभनी मेहनत गरिरहनुभएको छ । प्रमुख दलहरुका निर्वाचन सामाग्री बनाएर दशै अघि नै स्टक गर्नुभएका उहाँले अहिले आएर स्वतन्त्र तथा अर्डर अनुसारको निर्वाचन सामाग्री बनाउँदै हुनुनुहन्छ ।

हरेक चुनावमा काठमाडौको बागबजार क्षेत्रलाई दशैं लाग्छ । प्रचार सामाग्री बनाउने यो मुख्य थलो हो । चुनाव संघारमा आएसंगै निर्वाचन आयोगले आचारसंहिता विरुद्ध भनेको चुनाव चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टी सर्ट, टोपी गम्छा, मास्क, लकेट वा अन्य कुनै पनि पहिरन तथा स्केचको अर्डर उपत्यकामा नआएपनि उपत्यका बाहीरका लागि भने अर्डर आइरहेको व्यवसायिहरु बताउँछन् । व्यापारीहरुले निर्वाचनको समयलाई आफ्नो चाडका रुपमा लीने गरेको बताउँछन् ।

पहिलेको तुलनामा प्रचार सामाग्री बनाउने बजार ठूलो हुने भएकोले यो समयलाई आफुहरुले भरपुर्ण उपयोग गर्ने गरेको उनीहरुको भनाई छ ।

निर्वाचन आयोगले कडाई गरे संगै विगतको तुलनामा चुनाव सामाग्रीहरुको व्यापार निकै कम हुने गरेको छ । चुनाव नजिकीए संगै ठूला पार्टी उम्मेद्धवारहरुलेले प्रचार सामाग्रीकालागि कार्यकर्ता परिचालन गर्ने गर्दछन् । साना तथा स्तन्त्र उम्मेद्धवारहरु आफै धाउने गर्दछन् । निर्वाचनको समयमा धेरै थोरै सबै उम्मेद्धवार तथा पार्टीहरुले हैसियतअनुसार प्रचार सामाग्रीको प्रयोग गर्ने गरेको पाइन्छ । (इमेजखबरबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*