रवि लामिछानेले चितवन—२ बाट उम्मेदवारी दर्ता गराउँदै

बकैया दर्पण संवाददाता
२३ आश्विन २०७९, आईतवार ११:२३

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनका लागि चितवन—२ बाट उम्मेदवारी दिने हुनुभएको छ ।

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उनले चितवन—२ बाट चुनाव लड्ने हुनु भएको हो । पार्टी निकट स्रोतका अनुसार लामिछाने आज आइतबार उम्मेदवारी दर्ता गराउन चितवन पुग्नुभएको छ ।

यसअघि चितवन–३ बाट चुनाव लड्ने चर्चा रहेका उहाँ चितवन—२ बाट चुनाव लड्ने हुनु भएको हो । चितवन—२ बाटै सत्ता गठबन्धनको तर्फबाट उमेश श्रेष्ठले उम्मेदवारी दिँदै हुनुहुन्छ भने नेकपा एमालेबाट कृष्णभक्त पोखरेलले उम्मेदवारी दिदैहुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*