प्रहरी महानिरीक्षक नियुक्ति विवादमा आज पनि सुनुवाई हुँदै

बकैया दर्पण संवाददाता
१९ असार २०७९, आईतवार १०:०१

मकवानपुर । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धि मुद्दामा आज आइतबार पनि सुनुवाई हुँदैछ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइका क्रममा आइतबार प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस सुरू गर्नेछन् ।

आइतबारको बहसमा सरकार पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, भिमार्जुन आचार्य, ओमप्रकाश अर्याललगायतले बहस गर्ने तयारी छ । आईजीपीको पक्षमा १९ जना कानुन व्यवसायीले बहस गर्न नाम लेखाएका छन् । तर, तीन जनाले विस्तृतमा बहस गर्ने र अरूले थपथाप गर्ने जनाइएको छ । यसअघि यही असार १३ गते भएको सुनुवाईमा सरकार पक्षका वकिलहरूको बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैंमा राखेर आइतबारका लागि पेशी तोकिएको थियो । आफूभन्दा जुनियर एआईजी धिरजप्रताप सिंहलाई सरकारले आईजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । दुवै पक्षको बहस आइतबार सकिने भएकाले आइतबार नै फैसला आउन सक्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*