संसद्‌बाट पारित भयो ‘यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९’

बकैया दर्पण संवाददाता
२३ जेष्ठ २०७९, सोमबार १३:५४

मकवानपुर । यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ संघीय संसद्‍बाट सर्वसम्मतिले पारित भएको छ । सोमबारको बैठकमा सभामुखले ‘यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव बहुमतले पारित भएको घोषणा भएको हो ।

विधेयकमाथिको छलफलमा विभिन्न सांसदहरूले भाग लिएका थिए । सांसदहरूले उठाएका प्रश्‍न तथा सुझावहरूलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले जवाफ दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*