स्थानीय चुनाव : निर्वाचन आयोगद्वारा धरौटी तोकियो

बकैया दर्पण संवाददाता
७ बैशाख २०७९, बुधबार ११:५६

मकवानपुर । स्थानीय तह चुनावमा सहभागी हुन निर्वाचन आयोगले वडा सदस्यदेखि नगर प्रमुखसम्मका लागि धरौटी रकम तोकेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा सहभागी हुन आयोगले वडा सदस्यदेखि अध्यक्ष र प्रमुखका लागि धरौटी रकम तोकेको हो ।
आयोगले स्थानीय तहको वडा सदस्यका लागि पाँच सय रुपैयाँ, वडा अध्यक्षका लागि एक हजार रुपैयाँ धरौटी तोकिएको छ । यस्तै, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय रुपैयाँ धरौटी तोकिँदा नगर प्रमुख र उपप्रमुखको धरौटी रकम पनि १ हजार ५ सय रुपैयाँ धरौटी तोकिएको छ । निर्वाचन आयोगले महिला, दलित वा अल्पसङ्ख्यक समुदायका लागि भने धरौटीमा ५० छुटको व्यवस्था गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*