बकैया ११ मा व्यवसायीक तरकारी खेती सम्बन्धी कृषक छलफल सम्पन्न
मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं ११ मा हालै व्यवसायीक तरकारी खेती सम्बन्धी कृषक छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछने वड नं ११ का वडा अध्यक्ष लगाएत स्थानीय कृषकहरू, कृषि विशेषज्ञ तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य कृषकहरूलाई आधुनिक तरकारी खेती प्रविधि, बीउ छनोट, मल–सिंचाइ, रोग नियन्त्रण र उत्पादनपश्चातको बजार व्यवस्थापनबारे जानकारी गराउनु र अनुभव आदान–प्रदान गर्नु रहेको आयोजकहरूले जानकारी दिएका छन्।

कार्यक्रममा सहभागी कृषकहरूले आफ्ना अनुभवहरू साझा गर्दै, उत्पादन वृद्धि र व्यवसायीक खेतीतर्फ उन्मुख हुनुपर्ने आवश्यकता व्यक्त गरे। कृषकहरूले सोधेका प्रश्नहरूको जवाफ कृषि विशेषज्ञहरूले प्रदान गरेका थिए।
कार्यक्रमको समापनमा आयोजकहरूले कृषकहरूको सक्रिय सहभागिताको सराहना गर्दै भविष्यमा पनि यस्ता छलफल कार्यक्रम सञ्चालन गरिने बताएका छन्।
