बकैयाले वितरण गर्‍यो कृषकलाई उन्नत जातको धानको बीउ

बकैया दर्पण संवाददाता
८ जेष्ठ २०८२, बुधबार ०४:५०

बकैया : मकवानपुरको बकैया गाउँपालिकाले अनुदानमा कृषकहरुलाई उन्नत जातको धानको बीउ वितरण गर्न सुरु गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत संघीय शसर्त खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा मुल्य अनुदान कार्यक्रम अन्तर्गत बीउ वितरण गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनु भयो  ।

जसमा राम धान प्रतीकेजी ६८ रुपैयाँमा गाउँपालिकाले ३४ रुपैयाँ बेहोर्नेछन् भने कृषकले ३४ रुपैयाँ बेहोर्नेछन् । यतै मकवानपुर-१ को ६४ रुपैयाँ, सुख्खा-३ केजी ६२ रुपैयाँ र सावा मन्सुली सव-१ को ६८ रुपैयाँ केजीको ५० प्रतिशत गाउँपालिकाले बेहोर्नेछन् ।

बकैया-७, हात्तीखोलास्थित बकैया कृषि औद्योगिक ग्रामबाट उपस्थित भएर जेठ १२ गतेसम्म कृषकले बीउ लिन सक्ने उहाँले बताउनुभयो । बिहान १०:३० बजेदेखी ४:३० बजेसम्ममा उपस्थित भएर बीउ लिन सकिनेछ।
प्रत्येक कृषकहरुले नागरिकता प्रमाण पत्र प्रतिलिपि अनिवार्य बुझाउनुपर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*