बकैया–५ मा नकआउट फुटबल प्रतियोगिता उद्घाटन
बकैया, मकवानपुर: बकैया गाउँपालिका–५ खेलकुद विकास समितिको आयोजनामा खेलाडी छनोटको उद्देश्यसहित आज नकआउट फुटबल प्रतियोगिता उद्घाटन गरिएको छ। प्रतियोगिताको उद्घाटन ५ नं वडा को कर्मचुली मिनि रंगशाला भएको हो।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, विशिष्ट अतिथि वडा नं ५ का अध्यक्ष लक्ष्मी लोप्चन तामाङ, वडा सदस्य अमृत थिङ र ज्ञानि माया सुनुवार रहेका थिए। प्रतियोगिता बकैया गाउँपालिका खेलकुद विकास समितिका संयोजक बिजय लामा थिङ्ग लगाएतको उपस्थिति रहेको थियो । उक्त सभा अध्यक्षमा ५ नं खेलकुद विकास समितिका संयोजक बिनोद वाईबा रहेका थिए।
उद्घाटन खेलमा जनएकता टोल विकास समिती र श्रीपुर टोल विकास समिती बीच प्रतिस्पर्धा भएको थियो। पहिलो हाफमा जनएकता टोल विकास समितीले ३ गोल गर्दै अग्रता बनाएको थियो। जर्सी नं–९ का लक्ष्मण वाईबा ले २ गोल र बिबेक चौलागाई ले १ गोल गर्दै आफ्नो टोलीलाई विजयी दिशातर्फ अघि बढाएका थिए।
खेलको म्यन अफ दि म्याच लक्ष्मण वाईबा घोसित भयो ।खेल कार्तिक २९ गते सम्म संचालन हुने छ ।
