सिन्धुलीमा भोलि शालिक अनावरण तथा बृहत् सांस्कृतिक कार्यक्रम

बकैया दर्पण संवाददाता
१ मंसिर २०८२, आईतवार १९:२६

सिन्धुली — हरिहरपुर गढी गाउँपालिका र राष्ट्रिय कला संग्रहालय सिन्धुली कलाघरको संयुक्त आयोजनामा भोलि मंसिर १ गते स्व. वरिष्ठ कलाकार जयनन्द लामा र स्व. वरिष्ठ गायिका इन्दिरा गोलेको शालिक अनावरण तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ।

आयोजकका अनुसार कार्यक्रमका सबै तयारी अन्तिम चरणमा पुगेका छन्। आज कलाकार तथा अतिथिहरूलाई  हरिहरपुर गढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले हार्दिक स्वागत  गर्नुभएको छ।

 

यसैगरी, राष्ट्रिय कलाघर संग्रहालय सिन्धुली कलाघरका अध्यक्ष सुमन थापा मगरले भोलिको कार्यक्रम कला, संस्कृति र स्थानीय पहिचान झल्किने विविध प्रस्तुति सहित भव्य रूपमा सम्पन्न हुने तयारी पूरा भइसकेको जानकारी दिनुभएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*