७ हजार ५ सय क्यापसुल लागूऔषध ट्रामाडोलसहित हेटौंडाबाट २ जना पक्राउ

मकवानपुर: मकवानपुर प्रहरीले ७ हजार ५ सय क्याप्सुल लागूऔषध ट्रमाडोलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका-७ का २५ को तिर्थलाल पासवान र सह-चालक सोही ठाउँका २३ वर्षीय सुनिल पटेल रहेको प्रहरीले जनाएको छ ।
बिहीवार बिहान ९:३० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१५, रातोमाटे चेकप्वाईन्टस्थित पुर्व-पश्चिम सडकखण्डमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा बाराको सिम्ररौनगढबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीको चालक पासवान र सह-चालक पटेललाई शंका लागेर खानतलासी गर्दा गाडीको अगाडीको ईन्जिन भएको भागमा लुकाएर ल्याएको अवस्थामा उक्त लागूऔषध फेला परेको थियो ।

तस्बिर : जिल्ल प्रहरी कार्यलय मकवानपुर
प्रहरीले गाडीबाट ट्रमाडोल ५० मिलिग्रामको ५७ हजार ५ सय क्यापसुल फेला पारी बरामद गरेको हो । उक्त लागुऔषधको मुल्य ४ लाख १४ हजार पर्ने प्रहरीले जनाएको छ । प्रहरीले उक्त गाडीसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद गरि अनुसन्धान गरिरहेको छ ।