तेस्रो दिनको पहिलो खेलमा गितावर टोल विकासको रोमाञ्चक जित

बकैया दर्पण संवाददाता
२९ कार्तिक २०८२, शुक्रबार ११:०६

मकवानपुर बकैया – बकैया गाउँपालिका–५ मा सञ्चालन भइरहेको वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल गितावर टोल विकास र सगरमाथा टोल विकास बीचमा सम्पन्न भयो।

पहिलो हाफमा गितावर टोल विकासका जर्सी नं. १७ साजन माझीले लगातार दुई गोल गर्दै टिमलाई अग्रता दिलाए।
दोस्रो हाफमा सगरमाथा टोल विकासका जर्सी नं. ५ अरुन माझी र जर्सी नं. १० अमिर लोले एक–एक गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।

६० मिनेटको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमार्फत निर्णय गरिएको थियो।
पेनाल्टीमा गितावर टोल विकासले ३–२ ले जित दर्ता गर्‍यो।

तस्बिर : दानेल थोकर

आजको म्यान अफ दि म्याच गितावर टोल विकासका जर्सी नं. ११ समीर राई घोषित भए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*