बाघको आक्रमणमा दुई वटा बाख्रा मारिए

बकैया दर्पण संवाददाता
२३ कार्तिक २०८२, शनिबार ११:०४

मकवानपुर — मकवानपुरगढी गाउँपालिका–५ नयाँगाउँमा बाघको आक्रमणमा दुई वटा बाख्रा मारिएका छन्।

मिति २०८२ साल कार्तिक २१ गते साँझ करिब ४:१५ बजे तखतबहादुर लुङ्वाको घर नजिकैको बड्किचौर जंगलमा चरिरहेका बाख्रा बाघले आक्रमण गरी मारेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी अर्को दिन बिहान करिब ८:४० बजे प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट धादिङ, मकवानपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले स्थल निरीक्षण गर्दा बाघले मारेको वा खाएको जस्तो देखिएकाले वन कार्यालयका कर्मचारीसँग समन्वय गरी आवश्यक मुचुल्का कार्य भइरहेको जनाइएको छ।

उक्त स्थान प्रहरी पोष्ट धादिङ, मकवानपुरबाट करिब ५ किलोमिटर उत्तरतर्फ पर्छ।
वन विभाग र स्थानीयवासीले बाघको गतिविधि नियन्त्रण र जनावर सुरक्षाका उपायबारे छलफल गरिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*