बकैया-६ ले कृषकहरूलाई उपलब्ध गरायो हल गोरु
बकैया – बकैया गाउँपालिका वडा नं. ६ ले कृषकहरूलाई हल गोरु वितरण गरेको छ। बिहीवार वडा कार्यालयले ६ जना विपन्न कृषकलाई ६ वटा हल गोरु प्रदान गरेको वडाध्यक्ष फुलबहादुर भोम्जनले जानकारी दिनुभयो।
उहाँका अनुसार पशु सेवा कार्यालय मकवानपुरबाट प्राप्त गोरुहरू वडा कार्यालयमार्फत कृषकहरूलाई वितरण गरिएको हो।

वितरण कार्यक्रम वडा कार्यालय परिसरमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रहरी चौकी गरगरेका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, किसान तथा सर्वसाधारणको समेत उपस्थिती रहेको थियो।
सो अवसरमा वडाध्यक्ष भोम्जनले कृषकहरूको जीवनस्तर उकास्न र कृषि उत्पादनमा आत्मनिर्भरता बढाउन यस्ता कार्यक्रम निरन्तर अघि बढाइने बताउनुभयो।
