आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

बकैया दर्पण संवाददाता
१२ जेष्ठ २०८०, शुक्रबार १०:०४

मकवानपुर । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।

संशोधन प्रस्तावलाई निर्णायार्थ पेस गरी आजकै बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । राष्ट्रिय सभाबाट भने यसअघि नै प्रधानमन्त्रीले जवाफ दिएर नीति तथा कार्यक्रम पारित भइसकेको छ ।

जेठ ५ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो ।

नीति तथा कार्यक्रममाथि ७ गतेदेखि छलफल सुरु भएको थियो । जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*