राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

बकैया दर्पण संवाददाता
६ जेष्ठ २०८०, शनिबार ०९:५४

मकवानपुर ।  सरकारले बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।

बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिंदा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिने व्यवस्था आगामी तीन वर्ष भित्र लागू गरिने हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।नागरिकको जैविक विवरण एक पटक मात्रै लिने पनि सरकारले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*