नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने कांग्रेसको निर्णय

बकैया दर्पण संवाददाता
२९ बैशाख २०८०, शुक्रबार ०९:२०

मकवानपुर । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले अदालतको फैसलापछि मात्रै खाँणको विषयमा निर्णय लिने गरी निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

उनका अनुसार, अनुसन्धानलाई सहयोग पुर्याउनेबारे सबै एकमत रहेको बताउँदै पक्राउ पर्ने बित्तिकै दोषी भन्न नमिल्ने भएकाले अदालतको फैसला अनुसार पार्टीले निर्णय लिने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*