आज नवनिर्वाचित प्रतिनिधि सभा सदस्य यादवले शपथ लिँदै

बकैया दर्पण संवाददाता
१९ बैशाख २०८०, मंगलवार ०९:३१

मकवानपुर । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । बैशाख १० मा सम्पन्न उप–निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित भएका उनीले आज पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।उनलाई सभामुख देवराज घिमिरले एक कार्यक्रमबीच पद तथा गोपनियताको शपथ ग्रहण गराउने भएका हुन् ।

उप–निर्वाचनमा चितवन २ र तनहुँ १ बाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले भने गत शुक्रबार नै शपथ ग्रहण गरिसकेका छन् । शुक्रबार भएको शपथ कार्यक्रममा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ ग्रहण गराउन लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*