आज पनि सरकार र महावीर पुनबीच वार्ता हुँदै

बकैया दर्पण संवाददाता
१८ बैशाख २०८०, सोमबार ०९:४८

मकवानपुर । सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुने भएको छ । आइतवार भएको वार्ता निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता हुन लागेको हो । वार्तामा सहभागीहरुले आइतबारको वार्ता मौखिक रुपमा सहमति नजिक पुगेको बताएका छन् । सोमबार लिखित रुपमा सहमति हुनसक्ने उनीहरुको भनाई छ ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै गत शुक्रबारबाट माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना दिंदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*