गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त

बकैया दर्पण संवाददाता
१४ बैशाख २०८०, बिहीबार १६:१३

मकवानपुर।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त हुनुभएकाे छ । कांग्रेस संसदीय दलका नेता पाण्डे ३५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे हाे ।

यसअघि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न दिएको समयभित्र नेता पाण्डेले दाबी पेस गर्नुभएकाे थियाे । उहाँलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात र स्वतन्त्र सांसद (दीपक मनाङे) काे समर्थन छ ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले भाेलि शुक्रवार पद तथा गाेपनीयताकाे शपथ लिने जनाइएकाे छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*