उप-निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु

बकैया दर्पण संवाददाता
७ बैशाख २०८०, बिहीबार ०९:०७

मकवानपुर । उप-निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ । आज राति १२ बजेबाट प्रचार–प्रसार गर्न नपाइने गरी मौन अवधि लागू हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचार–प्रसार गर्न पाइँदैन । आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उप–निर्वाचन हुँदैछ । भोलिबाट प्रचार–प्रसार गर्न नपाइने भएसँगै राजनीतिक दलहरूले आज प्रचार–प्रसारको अन्तिम कसरत गर्ने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*