मन्त्रिपरिषद्को नियमित बैठक अब मंगलबार मात्रै बस्ने

बकैया दर्पण संवाददाता
४ बैशाख २०८०, सोमबार १९:४४

मकवानपुर ।   मन्त्रिपरिषद्को नियमित बैठक अब मंगलबार मात्रै बस्ने भएको छ । यसअघि हप्ताको दुई दिन बस्दै आएको मन्त्रिपरिषद्को नियमित बैठक अब एक दिन (मंगलबार) मात्रै बस्ने भएको हो । यसअघि मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो । यसलाई परिवर्तन गरेर हप्ताको एकदिन मंगलबार मात्रै मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, आवश्यक परेमा जुनसुकै बार पनि मन्त्रिपरिषद्को बैठक बस्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*