लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते पुनः विश्वासकाे मत लिने

बकैया दर्पण संवाददाता
४ बैशाख २०८०, सोमबार १९:३१

मकवानपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते पुनः विश्वासको मत लिनुहुने भएको छ । नेकपा माओवादी केन्द्रलगायतका दलले सरकारलाई दिएको समर्थन गएकाे चैत १२ गते फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लाग्नुभएकाे मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्ण कुमालले जानकारी दिनुभयो ।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ जना सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका चार जना सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ मत चाहिन्छ । प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजेका लागि आह्वान गरिएकाे प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयाे ।  मुख्यमन्त्री गिरीले यसअघि गएकाे माघ ५ गते विश्वासको मत लिनुभएकाे थियाे । गिरी तत्कालीन सात दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*