रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको स्थानमा विन्ध्यवासिनी कंसाकारलाई सांसद बनाउने

बकैया दर्पण संवाददाता
२९ चैत्र २०७९, बुधबार २०:५३

मकवानपुर ।  रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको स्थानमा विन्ध्यवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ । व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले डा. श्रेष्ठको साधारण सदस्यता खारेज गरिदिएको हो ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले उनको स्थानमा कंसाकारलाई सांसद बनाउने निर्णय गरेको पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*