कर्णाली प्रदेश सरकारमा नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाए

बकैया दर्पण संवाददाता
२६ चैत्र २०७९, आईतवार १९:४२

मकवानपुर ।  नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटन मन्त्री जितबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा दिएका हुन् ।

हालै मुख्यमन्त्री शर्माले प्रदेशसभामा विश्वासको मत माग्दा एमालेले पनि विश्वासको मत दिएको थियो । सरकारबाट एमाले बाहिरिएसँगै मुख्यमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।  एमालेले साथ छोडेसँगै अब सरकारमा कांग्रेस सहभागी हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*