ललितपुरको पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित

बकैया दर्पण संवाददाता
२६ चैत्र २०७९, आईतवार ०९:०६

मकवानपुर । ललितपुरको पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित हुनुभएको छ । उहाँले ८ सय ४१ मत प्राप्त गर्नु भएकाे छ भने उहाँका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जिसीले ६ सय ७२ मत ल्याउनुभयो ।

नेविसङ्घका इकाई उपाध्यक्षसमेत रहनुभएका विष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । गएराति भएको मतगणनामा स्ववियु सचिवमा अविनास भण्डारी र कोषाध्यक्ष तिलक कुमाल विजयी हुनुभएको छ । पाटन क्याम्पसमा नेविसङ्घको आन्तरिक विवादका कारण चैत ५ गते हुन नसकेको चुनाव हिजो भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*