नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरियो

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७९, मंगलवार २०:११

मकवानपुर ।  नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट नियुक्त चार मन्त्री तथा एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो । मधेस प्रदेशमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, प्रदेश सभा मामिला तथा कानुन मन्त्री राजकुमार लेखि, गृह तथा सञ्चार सत्रुधन सिंह, महिला वालवालिका मोजैद आलम र गृहराज्यमन्त्री केशव राय रहेका थिए ।

केन्द्रमा बनेको गठबन्धनअनुसार मधेस प्रदेशमा पनि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*