दुई विधेयक राष्ट्रिय सभाबाट पारित

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७९, मंगलवार २०:०२

मकवानपुर । राष्ट्रिय सभाबाट दुई वटा विधेयक पारित भएको छ । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाबाट दुई वटा विधेयक सर्वसहमतिले पारित गरिएको हो । बैठकबाट सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ पारित गरिएको हो । पारित भएका यी दुवै विधेयक प्रतिनिधि सभामा पठाइएको छ ।

सुरक्षण मुद्रण सामग्रीको स्वदेशभित्र नै सुरक्षित, भरपर्दो र गुणस्तरीय मुद्रणको लागि सुरक्षण मुद्रण केन्द्रको स्थापना र सञ्चालन गर्ने सन्दर्भमा कानूनको व्यवस्था गर्न सुरक्षण मुद्रण सम्बन्धी विधेयक ल्याइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*