एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने निर्णय

बकैया दर्पण संवाददाता
२० चैत्र २०७९, सोमबार १८:५६

मकवानपुर ।  आगामी बैशाख १० गते हुने उप–निर्वाचनमा नेकपा एकीकृत समाजवादीले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले उप–निर्वाचनमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा अघि सारिएका उम्मेदवारहरूलाई समर्थन गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले तीनै क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई मत दिन निर्देशन दिएको छ । गठबन्धनका तर्फबाट बारा २ मा उपेन्द्र यादव, चितवन २ मा जित नारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*