आज बागमती प्रदेशको मन्त्रालय भागबण्डाको टुंगो लगाउन कार्यदल बैठक बस्दै

बकैया दर्पण संवाददाता
१६ चैत्र २०७९, बिहीबार ०८:५८

मकवानपुर ।  बागमती प्रदेशको मन्त्रालय भागबण्डाको टुंगो लगाउन आज कार्यदलको बैठक बस्दैछ । बैठक बिहान ९ बजे काठमाडौंस्थित बानेश्वरमा बस्ने भएको हो ।

मन्त्रालय भागबण्डाको टुंगो लगाउन प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको काठमाडौंमा बसेको बैठकले कार्यदल गठन गरेको थियो । बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा र मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भागबण्डा मिलाउन कार्यदल गठन गरेका थिए ।

उक्त कार्यदलले प्रदेशको भागबन्डा मिलाउने गरि अधिकार प्रदान गरिएको छ । कार्यदलको नेतृत्व कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले गरेका छन् भने ७ सदस्यीय कार्यदलमा कांग्रेसबाट ३ माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट १/१ जना सदस्य रहेका छन् ।

उक्त समितिमा कांग्रेसबाट चित्रकार, संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्ले र तीर्थ लामा रहेका छन् भने माओवादी केन्द्रबाट सरल सहयात्री र मुख्य सचेतक रत्नप्रसाद ढकाल रहेका छन् । त्यस्तै, समितिमा एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रराज बज्राचार्य रहेका छन् ।

बैठकले सरकारमा सत्ता साझेदारी अनुसार मन्त्रालय भागबण्डा गरिने कार्यदलका संयोजक एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*