आज प्रतिनिधि सभाको बैठक बस्दै

बकैया दर्पण संवाददाता
१५ चैत्र २०७९, बुधबार ०९:५४

मकवानपुर ।  प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् ।

संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) पेस गर्ने पहिलो कार्यसूची छ ।

दोस्रो कार्यसूचीमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ छ । यो विधेयकमाथि विचार गरियोस् भनी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रस्ताव पेस गर्ने छन् ।

गत पुस २५ गतेदेखि प्रतिनिधि सभाको पहिलो अधिवेशन सुरु भए पनि सरकारले विजनेस दिन सकेको छैन । यो अवधिमा जम्मा तीनवटा विधेयक दर्ता भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*