राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ सर्वसम्मतिले स्वीकृत

बकैया दर्पण संवाददाता
१२ चैत्र २०७९, आईतवार १९:४३

मकवानपुर  ।   राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । आइतवार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो ।

डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सभासमक्ष पेस गर्नुभएको थियो । विधेयकमाथि सांसदहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो । विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक यही चैत १६ गते बिहीवार बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*