मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. सुरेन्द्र शेरचन नियुक्त

बकैया दर्पण संवाददाता
६ चैत्र २०७९, सोमबार १९:३९

मकवानपुर ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. सुरेन्द्र शेरचन नियुक्त हुनुभएको छ । उहाँलाई सोमबार प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठको उपस्थितिमा सपथग्रहण गराउनुभएको हो । यसअघिका रेक्टर डा. सतिश कुमार देवले राजिनामा दिनुभएपछि स्वास्थ्य मन्त्रालयले डा. शेरचनलाई रेक्टरमा नियुक्त गरेको हो । प्रतिष्ठानमा रेक्टर शिक्षाध्यक्ष हुने प्रावधान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*