रुपन्देहीका नेविसङ्घ तीन वटा क्याम्पसमा र दुई वटामा अनेरास्ववियु विजयी

बकैया दर्पण संवाददाता
६ चैत्र २०७९, सोमबार ०८:४५

मकवानपुर ।   स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तर्गत रुपन्देहीका ६ वटामध्ये पाँच वटा क्याम्पसको नतिजा सार्जनिक भएको छ । पाँच वटामध्ये तीन वटा क्याम्पसकाे सभापतिमा नेपाल विद्यार्थी सङ्घ र दुई वटा क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार  निर्वाचित भएका छन् ।

यज्ञोदय क्याम्पस फर्साटिकरको सभापतिमा नेविसङ्घका महेश चौधरी, छपिया जनता कलेजकाे सभापतिमा अभिषेक कुमार यादव र शहीद नारायण पोखरेल रामापुर क्याम्पसकाे सभापतिमा मनोज बेल्वासे निर्वाचित भएका छन् ।

यस्तै, हरैया बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रदीप सापकोटा र देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुकै अर्जुन गैरे सभापतिमा निर्वाचित भएका हुन् ।

बुटवल बहुमुखी क्याम्पसमा भने मतगणना भइरहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*