आज उपराष्ट्रपति रामसहाय प्रसाद यादवको शपथ ग्रहण

बकैया दर्पण संवाददाता
६ चैत्र २०७९, सोमबार ०८:०७

मकवानपुर ।  नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिनुहुने भएकाे हाे ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको हाे । चुनावमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्नुभएको थियो । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*