स्ववियु अध्यक्षमा हेटौंडाको वंशगोपाल क्याम्पसको दिवस सिलवाल निर्वाचित

बकैया दर्पण संवाददाता
६ चैत्र २०७९, सोमबार ०७:५२

मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नम्वर ६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित भएका छन् ।

आईतबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार, सिलवाल आफ्ना प्रतिस्पर्धी राप्रपा निकट राप्रविसंकी मनिका गौतमलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सिलवालले १८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गौतमले ९ मत प्राप्त गरेकी थिइन् । ३० जना मतदाता रहेको उक्त क्याम्पसमा ३ जना भने अनुपस्थित थिए ।

यस्तै, क्याम्पसको स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने र कोषध्यक्षमा रुपा राई निर्वाचित भएका छन् । लामिछाने २० मतसहित सचिव पदमा र राई १७ मतसहित कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । यसैगरी, सदस्यहरुमा क्रमशः सपना राउत (२३ मत), सुजन गोले १७ मतसहित निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*