ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीकाे छलफल

बकैया दर्पण संवाददाता
३ चैत्र २०७९, शुक्रबार २०:२१

मकवानपुर  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरूसँग लगानी बोर्डसँग जोडिएका आयोजना निर्माण, आउँदाे कार्यदिशा र समस्याको विषयमा छलफल गर्नुभएको छ ।

शुक्रवार लगानी बोर्डको कार्यलयमा नेपालका विभिन्न ठूला आयोजनामा लगानी गर्ने ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरूसँग लगानी बोर्ड जोडिएका आयोजना निर्माण, आउँदाे कार्यदिशा र समस्याको विषयमा प्रधानमन्त्रीले छलफल गर्नुभएको बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिनुभयाे । उहाँले लगानी बोर्डसँग विभिन्न निर्माण चरण भएका परियोजना र झन्डै तीन खर्ब रुपैयाँ बराबरका आयोजनाका विकासकर्ताका प्रतिनिधि र अध्ययन चरणमा रहेका आयोजना विकासकर्ताका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको बताउनुभयो ।

बाेर्डका कार्यकारी अधिकृत भट्टले लगानी बोर्डले स्वीकृतका लागि पाइपलाइनमा रहेका ठूला जलविद्युत् आयोजना नतिजामुखी कार्यान्वयन ढाँचामा आबद्ध भइसकेको बताउनुभयो । उहाँले ९ सय मेगावाटको अरुण, तीन हजार ६ सय ७० मेगावाटको तल्लो अरुण, ३ सय ७० मेगावाटको अर्धजलाशययुक्त अपर मर्स्याङ्दी र अन्य औधोगिक पूर्वाधार आयोजनाहरू पाइपलाइनमा रहेको बताउनुभयो । यी आयोजनाहरूलाई बोर्डले प्राथमिकता दिएर नतिजाउन्मुख काम गर्ने उहाँकाे भनाइ छ ।

भट्टले विश्वको अर्थतन्त्रको अवस्थालाई हेरेर आयोजना छनोटमा सजक हुन आवश्यक रहेको बताउनुभयो । उहाँले लगानी बोर्ड आउँदाे लगानी सम्मेलनको पूर्वतयारीमा जुटेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*