आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

बकैया दर्पण संवाददाता
१ चैत्र २०७९, बुधबार ०९:१३

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता लगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*