आज स्ववियु निर्वाचनको अन्तिम नामावली प्रकाशन हुने

बकैया दर्पण संवाददाता
२९ फाल्गुन २०७९, सोमबार १०:२८

मकवानपुर । आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत साेमबार उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुने भएकाे छ ।

साेमबार दिउँसो १ बजेसम्म उम्मेदवारले नामा फिर्ता लिने र २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेकाे छ । यसअघि आइतबार उम्मेदवारको नामावली उपर दावी विरोध र नामावली प्रकाशन गर्ने कार्यतालिका थियो ।

गत शनिबार स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता भएको थियो । निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् ।

निर्वाचनमा देशभरिका त्रिवि अन्तर्गतका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने भएकाे छ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*