रामचन्द्र पौडेल रास्वपा कार्यालयमा भोट माग्दै

बकैया दर्पण संवाददाता
१९ फाल्गुन २०७९, शुक्रबार १९:०१

मकवानपुर । नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदको साझा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेर भोट माग्नुभएको छ ।

आज शुक्रवार राष्ट्रपतिका उम्मेदवार पौडेलसँगै कांग्रेसका नेताहरू डा. प्रकाशशरण महत, रमेश लेखक, जिपछिरिङ लामा र दीपक खड्का रास्वपा कार्यालय बसुन्धरा पुग्नुभएको थियो । रास्वपा कार्यालयमा त्यस पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरूसँग भेट गरी राष्ट्रपतिका उम्मेदवार पौडेलले यही फागुन २५ गते हुने राष्ट्रपति चुनावमा आफूलाई मतदान गर्न आग्रह गर्नुभएको थियो ।

राष्ट्रपति चुनावका लागि कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कांग्रेसका वरिष्ठ नेता पौडेल साझा उम्मेदवार हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*