नेपाली सेनाले पक्राउ परेका दुई सैनिकलाई उपस्थित गराउन सर्वोच्चको आदेश

बकैया दर्पण संवाददाता
१७ फाल्गुन २०७९, बुधबार २०:२२

मकवानपुर । आर्थिक अनियमितताको आरोप लागेर छानबिन भइरहेका उपरथी प्रेम शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृतलाई नेपाली सेनाले छानबिनको दायरामा ल्याएको छ ।

प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई छानबिनका लागि बोलाएको हो । उपरथी शाहीमाथि आर्थिक अनियमितताको उजुरी परेपछि सैनिक मुख्यालयले उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गरेको थियो । कोर्ट अफ इन्क्वायरीले छानबिन गर्दा थप दुई सैनिक अधिकृत पनि जोडिन आएपछि सेनाले थप अनुसन्धानका लागि दुवै जनालाई बोलाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*