प्रदेश १ को नामकरणका निम्ति बसेको प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित

बकैया दर्पण संवाददाता
१७ फाल्गुन २०७९, बुधबार २०:१३

मकवानपुर । प्रदेश १ को नामकरणका निम्ति बुधबार बसेको प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित भएको छ। कोशी नाममाथिको प्रस्तावमा संशोधन दर्ताका निम्ति समय निर्धारण गरेर बैठक स्थगित गरिएको हो।

नेकपा एमाले र नेपाली कांग्रेसले गरेको कोशी नामसम्बन्धी प्रस्तावमाथि संशोधन दर्ता गराउन सांसदहरूलाई राति साढे ८ बजेसम्मको समय दिइएको छ। नाममाथि संशोधन परेपछि त्यसमाथि पनि आवश्यक छलफल हुनेछ। नभए कोशी नाम पारितका निम्ति निर्णयार्थ सदनमा पेस हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*