रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

बकैया दर्पण संवाददाता
१४ फाल्गुन २०७९, आईतवार १४:०२

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने गरी बोलाइएको हो ।

बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनका बारे छलफल हुनेछ । पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो । सरकारबाट बाहिरिएको रास्वपाले समर्थन भने फिर्ता लिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*