जनता समाजवादी पार्टीका सांसद सहनाज रहमानको निधन

बकैया दर्पण संवाददाता
१३ फाल्गुन २०७९, शनिबार १४:५८

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा)का सांसद सहनाज रहमानको ६२ वर्षको उमेरमा निधन भएको छ ।

हिजो भक्तपुरमा एउटा कार्यक्रममा सहभागी उहाँलाई हृदयघात भएको थियो । उपचारका क्रममा भक्तपुरको मध्यपुरठिमी अस्पतालमा आज बिहान निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । प्रतिनिधिसभामा समानुपातिकतर्फ सांसद झापाकी रहमान जसपाको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

उहाँको शवलाई दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालयमा राख्ने र श्रद्धाञ्जली दिने कार्यक्रम रहेको पनि प्रचार विभागका प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*