मेयर बालेन लण्डन जाँदै

बकैया दर्पण संवाददाता
११ फाल्गुन २०७९, बिहीबार १९:५४

मकवानपुर । काठमाडौैं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह लण्डन जाने भएका छन् । ‘हेल्दी सिटी समिट’मा सहभागी हुनका लागि मेयर साह लण्डन जान लागेका हुन् । मेयर साहको लण्डन भ्रमणबारे बिहीबारको कार्यपालिका बैठकमा प्रस्ताव पेश भएको महानगरपालिकाले जनाएको छ । महानगरकाअनुसार ३० फागुनदेखि ३ चैतसम्म लण्डनमा उक्त समिट आयोजना हुँदैछ ।

मेयर साहको वैदेशिक भ्रमणको अनुमति मन्त्रिपरिषद्‍ बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ । कार्यपालिका बैठकले पारित गरेको मेयर शाहको भ्रमणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाइने प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*