मधेस प्रदेश मुख्यमन्त्री कार्यालय घेराउ

बकैया दर्पण संवाददाता
११ फाल्गुन २०७९, बिहीबार १९:३४

मकवानपुर । चुरे तथा वनजङ्गल संरक्षण अभियानले आज बिहीवारदेखि जनकपुरमा आन्दोलन सुरु गरेको छ । भूमिहीनहरूलाई तत्काल आवाससहितको जग्गाको व्यवस्था हुनुपर्ने, चुरे दोहन तत्काल रोक्नुपर्ने लगायतका माग गर्दै अभियानले आजदेखि मधेस प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गरेको हो । आन्दाेलनका क्रममा मुख्यमन्त्री कार्यालयमा धर्ना दिइएको छ । भूमिहीनलाई जग्गा देउ, दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर, चुरे दोहन रोकलगायतका नाराबाजी गर्दै उनीहरूले मुख्यमन्त्री कार्यालय घेराउ गरे ।

आफूहरूले विगतमा राख्दै आएको माग पूरा नभएपछि मधेस प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गर्नुपरेको अभियानमा संरक्षक सरोज रायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्राे माग पूरा नभए अनिश्चितकालीन धर्नामा बस्न बाध्य हुनेछौँ ।’
मधेस सरकारले आफूहरूले विगतमा राखेको पाँच सूत्रीय माग सम्बोधन नगरेपछि याे आन्दोलन सुरु गर्न बाध्य हुनुपरेको अभियानले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*